गठबन्धनलाई चुनाव जित्न गाह्रो छैन : मुख्यमन्त्री जीवनबहादुर शाही « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धनलाई चुनाव जित्न गाह्रो छैन : मुख्यमन्त्री जीवनबहादुर शाही


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा सत्ता गठबन्धनलाई चुनाव जित्न कठिनाइ नभएको दाबी गरेका छन् । 

हुम्ला प्रदेश सभा (ख)बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका मुख्यमन्त्री शाहीले कार्यकर्ताले आफ्नो जिम्मेवारी बोध गरे गठबन्धनलाई चुनाव जित्न गाह्रो नहुने बताएका हुन्। 

स्थानीय तहको निर्वाचनमा हुम्लाका सातमध्ये ६ वटा गाउँपालिकामा गठबन्धनले जितेको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित्न सकिने बताए।

शाही उम्मेदवार रहेको प्रदेश (ख)मा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका १९ वटा वडा पर्छन्। जहाँ स्थानीय तह निर्वाचनमा एमालेले तीन वटा वडामा मात्रै जित हात पारेको थियो।

यस्तै २५ वडा रहेको प्रदेश सभा क्षेत्र (क)मा सत्ता गठबन्धनले १७ वडा र एमाले पाँच वडामा जित हात पारेको छ भने तीन वटा वडामा स्वतन्त्र विजयी भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस