आजदेखि मल्लिकार्जुन खड्गेले सम्हाले भारतीय काँग्रेसको नेतृत्व  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आजदेखि मल्लिकार्जुन खड्गेले सम्हाले भारतीय काँग्रेसको नेतृत्व 


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । २४ वर्षपछि भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि काँग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन् ।

पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई नेतृत्व हस्तान्तरण गरेकी हुन् । उनले पार्टीको नेतृत्व खड्गेलाई सुम्पन पाउँदा आफूले ठूलो राहतको महसुस गरेको बताएकी छन् ।

हालै सम्पन्न अध्यक्षको निर्वाचनमा खड्गेले अर्का प्रतिस्पर्धी शशी थरुरलाई भारी मतले पराजित गरेका थिए । आजबाट काँग्रेसमा खड्गे राज शुरु भएको छ ।

अध्यक्षको कार्यभार सम्हाल्दै खड्गेले मजदुर परिवारबाट देशकै सबैभन्दा पुरानो पार्टीको नेतृत्वमा पुग्नु गर्वको विषय भएको बताए । उनले काँग्रेसमाथि निरन्तर रूपमा भइरहेको भ्रमपूर्ण प्रचारको डटेर मुकाविला गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस