आयोगलाई भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आयोगलाई भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् ।

नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस