२ महिनाको अवधिमा ९ करोड रुपैयाँको बदाम आयात « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

२ महिनाको अवधिमा ९ करोड रुपैयाँको बदाम आयात


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।

यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । 

यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस