तिहार बिदामा पनि डिपोहरूले तेल इन्धन बिक्री गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तिहार बिदामा पनि डिपोहरूले तेल इन्धन बिक्री गर्ने


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमका अनुसार सार्वजनिक बिदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरूबाट पेट्रोल पम्पहरूलाई इन्धन बिक्रीको व्यवस्था गरिएको छ ।

जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेस प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस