आयोगले गर्‍यो यस्तो व्यवस्था, जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन् « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आयोगले गर्‍यो यस्तो व्यवस्था, जसले लाइनमै नबसी मतदान गर्न पाउनेछन्


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ ।

आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्त तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस