तिहारमा पनि काठमाडौँ महानगरमा अत्यावश्यक सेवा सञ्चालन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

तिहारमा पनि काठमाडौँ महानगरमा अत्यावश्यक सेवा सञ्चालन


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताए।

‘पर्व बिदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन,यसलाई नियमित गरौँ,पर्व पछाडि हामीले धेरै काम गर्नुपर्नेछ,त्यसैले कसैले पनि बिदामा बस्ने सोच नबनाउनुहोला,’उनले भने।

आइतबार भएको बैठकमा कर्मचारी स्वास्थ्य बिमा लेखका विषयमा छलफल भएको थियो। जोखिममा काम गर्ने कर्मचारीहरूलाई प्राथमिकतामा राखेर गरिने स्वास्थ्य वीमालेखअन्तर्गत दुर्घटना बिमा, महामारीजन्य बिमा, ठुला रोगका लागि गरिने बिमा, सामान्य उपचारका लागि गरिने खर्च सम्बन्धी बिमा, अस्पताल भर्ना हुनु नपर्ने तर महँगो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने बिमा जस्ता विषयमा छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस