टी-२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बावेले बाँडे अङ्क « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

टी-२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बावेले बाँडे अङ्क


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । ईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । आज सोमवार भएको सुपर १२ को समूह बी को दोस्रो खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक-एक अङ्क बाँडेका हुन् ।

यसअघि नौ ओभरमा झारिएको खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएको थियो । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए । 

खेल पटक-पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनको लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेट ५१ रन बनाउँदा फेरि पानी पर्न थालेपछि दुवै टोलीले अङ्क बाँडेका हुन् । उसका क्विन्टन डी कक ४७ रनमा नटआउट रहे । 

यो बराबरीसँगै दक्षिण अफ्रिका तेस्रो स्थानमा र जिम्बावे चौथो स्थानमा रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस