कोरोनाको एक्सबिबि सव-भेरियन्टका संक्रमित भेटिए, मास्क लगाउन मन्त्रालयको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको एक्सबिबि सव-भेरियन्टका संक्रमित भेटिए, मास्क लगाउन मन्त्रालयको आग्रह


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव–भेरियन्ट (एक्सबिबि)का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ।

यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमुनाको जिनोमिक पहिचान गरेको थियो।

सोही क्रममा एक्सबिबि सव–भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।

मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सव–भेरियन्ट तीव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस