मिठाइलगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिठाइलगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरूलाई सचेत गराएको हो ।

‘मिठाई लगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरूले स्वीकृत गरिएका खाद्य रङ्गहरू तोकिएको मात्रा र विधि बमोजिम मात्र प्रयोग गरी खाद्य पदार्थहरू उत्पादन एवं बिक्री वितरण गर्न गराउन हुन सूचित गरिन्छ,’ विभागले भनेको छ, ‘स्वीकृत खाद्य रङ्गहरू बाहेक अन्य अखाद्य रङ्गहरू प्रयोग नगर्न हुन र सो गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस