विरोध खतिवडा र इन्द्र बानियाँलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विरोध खतिवडा र इन्द्र बानियाँलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण 


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा र मकवानपुर क्षेत्र नम्बर-२ ‘ख’बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।

खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषयमा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने उल्लेख छ ।

“तसर्थ, तपाईँबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो रु यदि, तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनुनपर्ने हो ?” आयोगको स्पष्टीकरणपत्रमा उल्लेख छ, “कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस