माओवादीले चुनावी घोषणापत्र कहिले ल्याउँदै छ ?  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले चुनावी घोषणापत्र कहिले ल्याउँदै छ ? 


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रुफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरूकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रूप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरूको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौँ,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस