प्रहरीको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित बनाउन निर्देशन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरीको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित बनाउन निर्देशन


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन्।

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए। प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन उनले दिए।

Tags :
प्रतिक्रिया दिनुहोस