सिंहदरवार : बाहिर चिटिक्क, भित्र विचित्र (फोटो फिचर) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिंहदरवार : बाहिर चिटिक्क, भित्र विचित्र (फोटो फिचर)


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । हरेक पाँच वर्षमा सिंहदरवार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिँगारिए पनि सिंहदरवार भित्रका दृश्यहरू फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनः निर्माण राम्रोसँग सकिएको छैन ।

सिंहदरवार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरवार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । प्रधानमन्त्री, मन्त्रीहरूको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधा सम्पन्न र नमुना होला भन्ने लाग्छ नै । तर सोचे जस्तो छैन सिंहदरवार । त्यहाँ भित्रका दृश्यहरू अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरूमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ ।

नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरू त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेन्डा कोहीसँग छैन ।

तस्बिरमा सिंहदरवारभित्रका केही दृश्य :

Tags :
प्रतिक्रिया दिनुहोस