एकीकृत समाजवादीको कार्यालय उपसचिवमा सञ्जेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीको कार्यालय उपसचिवमा सञ्जेल


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को कार्यालय उपसचिवमा केदार सञ्जेल चयन भएका छन् । मंगलबार बसेको पार्टीको ४१ औँ पूर्ण बैठकले सञ्जेललाई पार्टीको कार्यालयको उपसचिवमा चयन गरेको हो ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरूसँगको बैठकमा पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गङ्गालाल तुलाधरले उपसचिव सञ्जेललाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यालयको जिम्मेवारी बहन गर्दै उपसचिव सञ्जेलले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने भन्दै कार्यालय पार्टी र नेताहरूको समन्वय सहकार्य र सहअस्तित्वको आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संविधानसभा सदस्य सञ्जेलले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षसहित पार्टीको सङ्गठन विभाग सदस्य लगायतका जिम्मेवारीमा छन् । झापाका सञ्जेल हाल भक्तपुरमा रहँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस