सहकारी प्रमुखमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहकारी प्रमुखमाथि गोली प्रहार गरेको अभियोगमा ४ जना पक्राउ


३ कार्तिक २०७९, बिहिबार


पक्राउ

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका-१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल-भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका-१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार : सहकारीका कर्मचारीमाथि गोली प्रहार, घाइतेलाई थप उपचारका लागी काठमाडौँ ल्याइँदै

Tags :
प्रतिक्रिया दिनुहोस