काठमाडौँ महानगरले १६२ जना नगर प्रहरी थप्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले १६२ जना नगर प्रहरी थप्दै


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १६२ जना नगर प्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगर प्रहरी थप्न लागिएको हो ।

नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

उनले आगामी एक महिनाभित्रै महानगरका विभिन्न अभियानलाई तीव्र पार्न करारमा नगर प्रहरी भर्ना लिइने बताए ।

‘मापदन्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड, फुटपाथ व्यापार हटाउन र सहरी सरसफाइलाई तीव्र पार्ने तयारी छ,’ एसपी पाण्डेले भने, ‘हामीसँग भएको जनशक्ति अपुग छ । १६२ जना नगर प्रहरी आएपछि अभियान तीव्र पार्छौँ ।’

युनिक सेक्युरिटी सर्भिस प्रालिमार्फत नगर प्रहरी छनोट प्रक्रिया अघि बढिसकेको एसपी पाण्डेले बताए । महानगरको नगर प्रहरी बलमा हाल १७३ जना कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस