२ सय मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ सय मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज पार्कीले स्वर्णपदक जितेका छन् ।

२०० मिटर दौडको महिलातर्फको स्पर्धामा लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितिन् ।

शिवराजले निर्धारित दुरी २१ः९१ को टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए ।

यसैगरी निशाले २०० मिटरको निर्धारित दुरी २५ः२४ टाइमिङमा पूरा गरेर स्वर्ण जित्दा एपीएफकी रमिता कुमारी थारुले रजत र नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य जिते ।

Tags :
प्रतिक्रिया दिनुहोस