हलमा नाइट सो खुलाउन मन्त्रालयलाई चलचित्र सङ्घको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हलमा नाइट सो खुलाउन मन्त्रालयलाई चलचित्र सङ्घको आग्रह


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली फिल्मको प्रदर्शन र वितरणमा देखिएका समस्याबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदर्शकहरूको संस्था नेपाल चलचित्र सङ्घलाई बुधबार मन्त्रालयमा बोलाएर छलफल गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा चलचित्र सेन्सर बोर्डका अध्यक्ष र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भएको थियो ।

वार्तामा चलचित्र सङ्घले १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने चलचित्र विकास बोर्डको निर्णयबारे पुनर्विचार गर्न मन्त्रालयलाई आग्रह गरेको थियो । 

साथै, एक साताअघि नै सेन्सर गर्नुपर्ने बोर्डको निर्णयबारे पनि पुनर्विचार गर्न चलचित्र सङ्घले सुझाएको छ ।

मन्त्रालयले भने विशेष फिल्म घोषणा भएको ‘नालापानी’लाई शोमा सहयोग गर्न सङ्घका पदाधिकारीलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहअनुसार भोलि ९बिहीबार० बस्ने चलचित्र सङ्घको बैठकले समस्याका बुँदाहरू सङ्कलन गरेर मागपत्र बुझाउने भएको छ ।

अहिले अमेरिका भ्रमणमा रहेका बोर्ड अध्यक्ष भुवन केसी फर्कने बित्तिकै प्रदर्शक संस्थाबाट समेत सदस्य रहने गरी समस्या समाधान र सुझाव कमिटी गठन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

छलफलमा सङ्घका पदाधिकारीले घरेलु फिल्मको पछिल्लो समस्याबारे मन्त्रालयलाई जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस