प्रधानमन्त्री कार्यालयलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री कार्यालयलाई आयोगले सोध्यो स्पष्टीकरण


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्त्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरू गरिरहेको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेन्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुकीमा कम्पनीहरूलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरू निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस