अग्रगमनका लागि गठबन्धन बनाएको पम्फा भुसालको दाबी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अग्रगमनका लागि गठबन्धन बनाएको पम्फा भुसालको दाबी


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् ।

ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा जाने सङ्कल्पमा धक्का लागेको आरोप लगाइन् ।

आर्थिक समृद्धिका साथै जनताको जीवनस्तरमा समेत आफूहरूले सुधार गरेका बताइन् । जनताबाट अनुमोदित भएर जनताको समस्या समाधान गर्न लाग्ने उनको भनाइ छ ।

उनले ललितपुरको सम्पूर्ण क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता समेत जाहेर गरिन् । उनी ललितपुर ३ की गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस