प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस