कम्प्युटर अपरेटर यादव घुससहित पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कम्प्युटर अपरेटर यादव घुससहित पक्राउ


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय यादवलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट लिएको घुस रकम ५ हजार रुपैयाँसहित यादवलाई आयोगको टोलीले पक्राउ गरेको जनाएको छ । करार अन्तर्गत कर्मचारी कम्प्युटर अपरेटर यादवले एक सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको हेटौँडास्थित कार्यालयबाट आएको टोलीले घुसको रकमसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सेवाग्राही उक्त रकम कर्मचारीलाई दिएर भागे लगत्तै अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको बताए । सेवाग्राहीको पहिचान भने खुल्न नसकेको उनले बताए ।

यादवलाई अख्तियारको टोलीले आफैसँग लगेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस