अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारबाहीमा, १५ सवारी साधन नियन्त्रणमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारबाहीमा, १५ सवारी साधन नियन्त्रणमा


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १५ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

आज दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलीद्वारा  गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाइटहरू नभएका र टायर धेरै  घिसिएका लगायत अवस्था ठिक नभएका २६ ओटा सवारी साधनलाई कारबाही गरिएको र १५ ओटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी  नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।  

आज भएको चेकिङमा १ सय ५५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस