सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’ सहित अस्पताललाई हस्तान्तरण गरिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’ सहित अस्पताललाई हस्तान्तरण गरिने


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय भएको बताए ।

उनका अनुसार गृहमन्त्रालयले केहीबेरअघि मात्रै यससम्बन्धी निर्णय गरेर प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले पनि दिउँसो ४ बजे ललितपुर महानगर परिसरमा शोक सलामीका लागि तयारी गरिएको बताए । शोक सलामी दिएर जोशीको शव ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस