यस्तो छ शताब्दी पुरुष जोशीको दाहसंस्कार नगर्ने कारण! « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो छ शताब्दी पुरुष जोशीको दाहसंस्कार नगर्ने कारण!


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ ।

आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिने दाहसंस्कार नगरिने भएको हो । जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ ।

उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबिच केही बेरअघि छलफल भएको थियो। जोशीले यसअघि आफ्नो शरीर किष्ट अस्पताललाई दान गरिसकेकाले परिवारका सदस्यले दाहसंस्कार नगर्न तयार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस