साइक्लिङमा आर्मीका निश्मा र राजेशलाई स्वर्ण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

साइक्लिङमा आर्मीका निश्मा र राजेशलाई स्वर्ण


२९ आश्विन २०७९, शनिबार


पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् ।

पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिवार भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक जितेका हुन् ।

राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जितेका हुन् । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जिते ।

महिलातर्फ रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकै उषा खनालले २ मिनेट ३७।४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् भने गण्डकीकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डसहित कास्य जितिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस