र त मलाई यी घोषणा पत्रको विश्वास लाग्दैन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

र त मलाई यी घोषणा पत्रको विश्वास लाग्दैन !


२९ आश्विन २०७९, शनिबार


केबलकार, रेल, पानीजहाज, स्याटलाइटको कुरा आउँछन्, अँध्यारो, जनशक्तिविहीन हुँदै रित्तो भएको गाउँको कुरा आउँदैनन् ।

परिवार, नातागोता, आफन्त नराख्ने कुरा आउँछन्, परिवारका सदस्य, आफन्त, आफ्ना वरिपरि घुम्नेलाई स्थान दिएका कुरा आउदैननन् ।

रेल किनेको कुरा आउँछन्, त्रिपाल किनेर ओढाएर राखेको कुरा आउँदैनन् ।

विद्युतीय सवारी साधन किनेको कुरा आउँछन्, चलाउन नसकेर थन्क्याएर राखेको कुरा आउँदैनन् ।

प्रति व्यक्ति आय बढाउने कुरा आउँछन्, प्रतिव्यक्ति ऋण बढाएको कुरा आउँदैनन् ।

महँगी घटाउने कुरा आउँछन्, दिनानु दिन मंहगी बढाइएको कुरा आउँदैनन् ।

शान्ति सुरक्षा र जिउ धनको ग्यारेन्टीको कुरा आउँछन्, हत्यारा, अपहरणकारी र बलात्कारी नपक्रेको कुरा आउँदैनन् ।

भ्रष्टाचार र अनियमितताको नियन्त्रणको कुरा आउँछन्, भ्रष्टाचारीलाई उन्मुक्ति दिएको कुरा आउँदैनन् ।

आधुनिक कृषि र मनग्य उत्पादनको कुरा आउँछन्, मल, बीउ र कर्जा नपाएको कुरा आउँदैनन्।

व्यवस्थित बसाई र भू उपयोगको कुरा आउँछन्, सरकारी जग्गा हडपेको कुरा आउँदैनन् ।

रोजगारी र आत्म निर्भर बनाउने कुरा आउँछन्, नातावाद, कृपावाद र राजनीतिकरणमा नियुक्तिको कुरा आउँदैनन् ।

नि:शुल्क स्वास्थ्य र शिक्षाको कुरा आउँछन्, स्वास्थ्य र शिक्षामा व्यपारिकरणलाई समर्थन र किताब नपाएको कुरा आउँदैनन् ।

नि:शुल्क स्वास्थ्य उपचारको कुरा आउँछन्, औषधी, अक्सिजन र उपचार नपाएर मरेका जनताको कुरा आउँदैनन् ।

सरकार र प्रशासनलाई कम्युटराज्ड गर्ने कुरा आउँछन्, हाम्रा तथ्याङ्क दुरुपयोग भएका कुरा आउँदैनन् ।

संविधान र कानुनको सर्वोच्चताको कुरा आउँछन्, संसद विघटन र अध्यादेशबाट राज गर्ने कुरा आउँदैनन् ।

बहुमत दिए देश समृद्धि बनाउने कुरा आउँछन्, पाएर चलाउन नसकेको कुरा आउँदैनन् ।

समृद्धि र सुशासनको कुरा आउँछन्, वाईडबडी, ओम्नी, यति र करोडौँ करोडको कुरा आउँदैनन्।

दलमा लोकतान्त्रीकरणको कुरा आउँछन्, गलतलाई गलत भन्ने र आफ्ना विरुद्ध बोल्नेलाई प्याली भित्तामा पुराएको कुरा आउँदैनन् ।

राष्ट्रियता र स्वाभिमानको कुरा आउँछन्, विदेशी कर्मचारीसँगको गोप्य भेट र दूतावास धाएको कुरा आउँदैनन् ।

वाक स्वतन्त्रता र भ्रष्टाचारको विरुद्धको ऐक्यबद्धताको कुरा आउँछन्, जनताको पक्षमा गाएको गीतलाई रोक लगाएको कुरा आउँदैनन् ।

केबलकार, रेल, पानीजहाज, स्याटलाइटको कुरा आउँछन्, अँध्यारो, जनशक्ति विहीन हुँदै रित्तो भएको गाउँको कुरा आउँदैनन् ।

त्यस्तै त्यस्तै मनगढ्न्ते गर्न नसक्ने कुरा आउछन र त

मलाई यी घोषणा पत्रको विश्वास लाग्दैन, विश्वास लाग्दैन ।

धुर्कोट-२, पीपलधारा गुल्मी

प्रतिक्रिया दिनुहोस