महिला १० हजार मिटरमा सन्तोषीले जितिन् स्वर्ण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला १० हजार मिटरमा सन्तोषीले जितिन् स्वर्ण


२९ आश्विन २०७९, शनिबार


पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण जितेकी छन्।

पोखरा रङ्गशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। नेपाल एपिएफकी पुष्पा भण्डारी तेस्रो बनिन्।

दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै दौड पुरा गरेकी थिइन्। दोस्रो बनेकी पछाइले ३६ मिनेट २९.४५ मा दौड पुरा गरिन्। तेस्रो बनेकी पुष्पा भण्डारीले ३७ मिनेट ०४.२ को समय निकालेकी थिइन्।

खेलपछि सन्तोषीले इन्जुरीका बाबजुद आफूले स्वर्ण जितेको र यो स्वर्ण सबै इन्जुरीका कारण खेल गुमाउने र अहिले डेंगी र मौसमका कारण सहभागी हुने रहर भएर पनि सहभागिता जनाउन नपाएका खेलाडीमा समर्पित गर्न चाहेको बताइन्।

उनले भनिन्, ‘मजस्तै धेरै चाहना भएर पनि इन्जुरीका कारण सहभागी हुन नपाएका डेंगी र ज्वरोका कारण अन्तिम समयमा राष्ट्रिय खेलकुद त्याग्नु परेका सबै खेलाडीमा यो मेडल समर्पित गर्न चाहन्छु।’ सन्तोषीले आफूले समय सुधार्न सक्ने अवस्थाका बाबजुद अहिले संयमित भएर दौडिएको बताइन्।

शनिबार नै १५ सय मिटरको महिला पुरुष फाइनल र १ सय मिटरको महिला पुरुष फाइनलको खेल हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस