नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशाको नयाँ कीर्तिमान


२९ आश्विन २०७९, शनिबार


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

यसअघि निशाले काठमाडौँमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् । एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस