डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा, चुनावी तालमेल भङ्ग  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा, चुनावी तालमेल भङ्ग 


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमाले, डडेलधुराले नेपाली काँग्रेस बिपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ ।

एमालेले प्रतिनिधिसभामा काँग्रेस बिपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा काँग्रेस बिपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो ।

तर आफूहरूसँग भएको सहमति विपरीत काँग्रेस बिपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमाले, डडेलधुराको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘‘..काँग्रेस बिपीसँग गरिएको चुनावी तालमेल भङ्ग गरी एकल रूपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’

यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस