बिक्री गरिँदै पशुपतिनाथमा चढाइएका सामग्री  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिक्री गरिँदै पशुपतिनाथमा चढाइएका सामग्री 


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको विक्री सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो। 

कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ। मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखाले जनाएको छ । 

भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने महाशाखाको भनाई छ । 

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शुल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे। उनले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीहरूको बिक्री गरिएको स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस