नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।

पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कैलाली-१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।

कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेश सह-संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं। १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् । ‘नागरिक उन्मुक्ति पार्टीको विरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ’ अध्यक्ष श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस