टिकट नपाएपछि हरिबोलले बुझाए पेरिसडाँडा र खुमलटारमा असहमति पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टिकट नपाएपछि हरिबोलले बुझाए पेरिसडाँडा र खुमलटारमा असहमति पत्र


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् ।

माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका हुन् ।

पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् । दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली-२ बाट चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

यसपटक निर्वाचन क्षेत्र, जिल्ला हुँदै केन्द्रमा उम्मेदवारको रूपमा दाहालको एकल नाम सिफारिस भएको थियो, त्यसप्रति गजुरेल असन्तुष्ट थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस