गफाडीहरूले देश बिगारे : बाबुराम भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गफाडीहरूले देश बिगारे : बाबुराम भट्टराई


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । पूर्व अर्थमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले देश नै गफाडीहरूले बिगारेको बताए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए ।

सोही कार्यक्रममा डा.भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए । ‘राजनीतिज्ञले भ्रष्टाचार गर्छ, तपाईँलाई सुरक्षित गरिदिनुहुन्छ । व्यापारीले कर छल्छ, दोहोरो एकाउन्ट, बिल बनाउँछ तपाईँहरूलाई ढाकछोप गरिदिनुहुन्छ । फेरि सङ्घ संस्थाले पैसा खुवाउँछ, सम्मान गरिदिन्छ तपाईँहरू त्यसको पनि अडिटमा गल्ती ढाकछोप गरिदिनुहुन्छ । अनि कसरी देश बन्छ ?’ डा. भट्टराईले चार्टर्ड एकाउन्टहरू माथि नै प्रश्न उठाए ।

कार्यक्रममा डा.भट्टराईले आफूलाई लोकतान्त्रिक पार्टी भनेर गर्भ गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले आर्थिक विज्ञ अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट दिन नसकेको भन्दै आलोचना गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस