१० वर्षपछि नयाँलाई ठाउँ दिएर आफ्नो बाटो लाग्छु : गगन थापा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

१० वर्षपछि नयाँलाई ठाउँ दिएर आफ्नो बाटो लाग्छु : गगन थापा


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।

उनी अहिले काठमाडौँ ४ का उम्मेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म त अबको १० वर्ष काम गर्छु । मरेर काम गर्छु, जति सक्छु गर्छु । ठ्याक्क १० वर्षपछि मोबाइल स्विच अफ गर्ने हो आफ्नो बाटो लाग्ने हो । मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो । त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरूले हामीले भन्दा राम्रो गर्नै पर्‍यो । हामीलाई भने बुढाहरूले रोकिरहेका छन् गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस