थापाथली क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थापाथली क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाइरहेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस