भीम रावल आज पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भीम रावल आज पत्रकार सम्मेलन गर्दै


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्।

निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट माइतिघरमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

रावलले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा एमालेका वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु।’

उनले आफूले टिकट नपाएरै भने पार्टी नछाड्ने बताउँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस