धेरै उम्मेदवार काठमाडौँ १ मा, थोरै हुम्ला र मनाङमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

धेरै उम्मेदवार काठमाडौँ १ मा, थोरै हुम्ला र मनाङमा


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौँ क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ ।

आयोगका अनुसार काठमाडौँ १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् ।

यस्तै काठमाडौँ ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगका अनुसार काठमाडौँ २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् ।

सबैभन्दा कम उम्मेदवार रहेको हुम्ला र मनाङमा ३-३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मुस्ताङमा ४ जना, रोल्पा, डोल्पा, मुगु, जुम्ला, बाजुरा र दैलेख २ तथा अछाम २ मा समान ५ जना उम्मेदवार चुनावी मैदानमा छन् । कम उम्मेदवार भएका यी क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस