नवलपरासी पश्चिममा एमालेको समर्थन हृदयेश त्रिपाठीलाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवलपरासी पश्चिममा एमालेको समर्थन हृदयेश त्रिपाठीलाई


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिए । त्यसैगरी नवलपरासी पश्चिम २ मा सिन्धु जलेसा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएकी छन् । डडेलधुरा चक्र स्नेहीले पनि उम्मेदवारी फिर्ता लिए । 

प्रदेशतर्फ धादिङ २ को ‘ख’मा उम्मेदवारी दिएका धनबहादुर घलेले उम्मेदवारी फिर्ता लिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । 

उम्मेदवारी फिर्ता लिए चितवन–१ मा काँग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ । 

डडेल्धुरामा काँग्रेस बिपीका कर्ण मल्ल र नवलपरासी पश्चिममा जनता प्रगतिशील अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सहयोग गर्ने उनले बताए । 

त्यस्तै, धादिङ २ को २ मा एमालेले राप्रपाका उम्मेदवारलाई सहयोग गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस