चितवन-३ मा दिनेश कोइरालाले पाए माछा चुनाव चिह्न « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवन-३ मा दिनेश कोइरालाले पाए माछा चुनाव चिह्न


२६ आश्विन २०७९, बुधबार


चितवन । चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेकपा एमालेले भने कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । यसै क्षेत्रबाट कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघि उनले भरतपुर महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला भुइँकटहर चुनाव चिह्न पाएका उनले अहिले भने सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस