७७ वर्षमा नीर शाह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

७७ वर्षमा नीर शाह


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आजबाट ७७ बर्षमा प्रवेश गरेका छन् । एक चलचित्र अवार्डको सिलसिलामा अमेरिकाको डेनवर प्रस्थान गरेका शाहले बुधबार त्यहीं आफ्नो जन्मदिन मनाउँदैछन् ।

नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहेका कलाकार शाहलाई सामाजिक संजालबाट चलचित्रकर्मी तथा शुभेच्छुकहरुले शुभकामना प्रदान गरिरहेका छन् ।

शाहले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो । कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दूर, गौंथली, जीवनसाथी, बाचा बन्धन, मुनामदन, सानो संसार, किस्मत लगायत उनी अभिनित हिट फिल्म हुन् । शाहले बासुदेव, पच्चीस वसन्त, वसन्ती, राजमती, सेतो बाघ लगायत फिल्म निर्देशन गरेका छन् ।

उनले लेखेका गीत पनि निकै चर्चित छन् । नारायणगोपालले गाएको ‘पर्खिबसें आउला भनी’, फिल्म स्वर्गको ‘छोरी मलाई भागी भागी नसताऊ’, प्रकाश श्रेष्ठले गाएको ‘गहिराइमा डुब्दै नडुब’, फिल्म वसन्तीको ‘प्यारी वसन्ती’ लगायतका उनले रचेका चर्चित गीत हुन् ।

नेपालबाट पहिलोपटक ओस्कार अवार्डमा मनोनित भएको फिल्म हिमालय (क्याराभान)का उनी लाइन-प्रोड्युसर समेत हुन् । फिल्म सौन्दर्यको ज्ञान र क्रिटिकल विश्लेषणका धनी समेत रहेका शाहले फिल्मसम्बन्धी अध्ययन हुने ओस्कार कलेजको समेत स्थापना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस