जुम्ला बाढी-पहिरो अपडेट: १० जनाको मृत्यु, ६ जना बेपत्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्ला बाढी-पहिरो अपडेट: १० जनाको मृत्यु, ६ जना बेपत्ता


२६ आश्विन २०७९, बुधबार


जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिराेबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने छजना अझै बेपत्ता छन्।

मङ्गलवार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका– ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ । गुठीचौर र हिमा गाउँपालिका एक–एक जनाको मृत्यु भएको छ। हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन्।

सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घर पूर्ण रूपमा क्षति भएको छ। दुई सयभन्दा बढी घर आंशिक रूपमा क्षति भएको छ।

अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको छ ।

अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन। अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ। सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ।

स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्राथमिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागिपर्न जरुरी भएको छ । तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस