नवौँ राष्ट्रिय खेलकुद महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको जित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवौँ राष्ट्रिय खेलकुद महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिमको जित


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले जित निकालेका छन् । मंगलवार भएका खेलहरूमा एपीएफले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएका हुन् ।

मंगलवार भएको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् । नेरि थापाले अविजित १६ बनाउँदा कप्तान सीता राना मगरले १६ रन बनाइन् । बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ र सुमन खतिवडाले पनि १९ रनको योगदान दिइन् । बागमतीका अन्य ब्याटर दोहोरो अङ्कमा रन बनाउन असफल रहे । एपीएफका लागि रेखा रावल,नेरि थापा र इन्दु बर्माले समान १र१ विकेट लिएका थिए ।

आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको छ । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाइन् । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा सृष्टि जैसीले १ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । गण्डकीका लागि कप्तान सृष्टि जैसीले अविजित २८ रन बनाइन् भने गण्डकीका अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन् । सुदूरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस