आचारसंहिता उल्लङ्घन गरेको भन्दै जुली महतोविरुद्ध उजुरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आचारसंहिता उल्लङ्घन गरेको भन्दै जुली महतोविरुद्ध उजुरी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको छ।

धनुषा क्षेत्र नम्बर ३ बाट एमाले-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनकी उम्मेदवार महतोले मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै यहीँ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका जीवन साह तेलीले उनीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

‘बाटोघाटोमा धेरै झण्डा राख्यो। प्रचारप्रसार धेरै गरेर आचारसंहिता उल्लङ्घन गर्‍यो भनेर उजुरी आएको हो,’ मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले भने।

उनका अनुसार आचारसंहिता समितिको बैठकले यो उजुरी सबन्धमा छानबिन गरी निर्णय लिनेछ। यद्यपि बैठक कहिले बस्ने निश्चित नरहेको प्याकुरेलले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस