उचित समयमा बोल्ने छु : भीम रावल  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उचित समयमा बोल्ने छु : भीम रावल 


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्।

सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठिक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए।

‘मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,’ उनले भनेका छन्।

आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस