देउवाको उम्मेदवारी विरुद्ध उजुरी, आयोगले भोलि निर्णय गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाको उम्मेदवारी विरुद्ध उजुरी, आयोगले भोलि निर्णय गर्ने


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । 

उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस