बादलले गरे ओलीको प्रस्ताव अस्वीकार, उम्मेदवार खोज्दै एमाले « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बादलले गरे ओलीको प्रस्ताव अस्वीकार, उम्मेदवार खोज्दै एमाले


२३ आश्विन २०७९, आइतबार


ra a b

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौँ क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । 

स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटे । अहिले एमाले राजधानीमा उपलब्ध नेताहरू अर्को उम्मेदवारबारे छलफलमा छन् ।

यो क्षेत्रबाट भने सुरेन्द्र मानन्धर लगायत नेताहरूको नाम सिफारिस भएको थियो । तर टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस