भोलि ५ बजेभित्रै मनोनयन दर्ता गराउन आयोगको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि ५ बजेभित्रै मनोनयन दर्ता गराउन आयोगको निर्देशन


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । आयोगले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मनोनयन दर्ताको समय समेत नसर्ने भन्दै ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन, मंसिर ४ मा सार्वजनिक सवारीसाधन आवतजावतमा अवरोध नगर्ने बताएको छ।

आयोगले गृह मन्त्रालय, यातायात व्यवस्था विभागसँग समन्वय गरेर व्यवस्थित रूपमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिने बताएको हो।

शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले निर्वाचन हो कि नेपाल बन्द हो भन्ने परिस्थिति अब नहुने भन्दै भद्रगोल रूपमा होइन, व्यवस्थित रूपमा त्यस दिन सार्वजनिक सवारी साधन सञ्चालन हुने बताए ।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए।

निर्वाचन बिथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ।

मतदातालाई धम्क्याउने वा प्रभावित पार्ने जो कोहीलाई पनि आयोगले कानुन बमोजिम कारबाही गर्ने उनले बताए। निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन आयोगले दलहरूलाई भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस