समानुपातिकतर्फ ६४९३ उम्मेदवार  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समानुपातिकतर्फ ६४९३ उम्मेदवार 


२२ आश्विन २०७९, शनिबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । 

निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् । 

प्रदेश १ मा ३६ दलले ६६१ जना उम्मेदवारको नाम बन्द सूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उम्मेदवार रहेका छन् ।

त्यसैगरी वाग्मती प्रदेशमा ४१ दलका ८२५ उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उम्मेदवार रहेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उम्मेदवार रहेका छन् कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस